फिल्म ‘बाटुलो जून’मा अनमोल केसी र प्रिन्सी खतिवडाले मुख्य भूमिकामा अभिनय गरेका छन् । टिकटकबाट चर्चामा आएकी प्रिन्सीको यो डेब्यू फिल्म हो ।
आमा-छोराको माया ।
फिल्म ‘आ बाट आमा २’मा अभिनेत्री विपना थापा र अभिनेता पल शाह आमा-छोराको भूमिकामा छन् । फिल्मको पहिलो भागमा पनि उनीहरू सोही भूमिकामा थिए ।
हैट ! के हुँदैछ ?
नयाँ कथासहित निर्माण भएको फिल्म ‘कबड्डी ५’मा काजी, बिके र छन्त्यालको जोडी फेरि देखिँदैछ । फिल्मका अघिल्ला श्रृंखलामा उनीहरूको केमेस्ट्री दर्शकले निकै रुचाएका थिए ।
कस्तो छ जोडी ?
अभिनेत्री निरुता सिंह र अभिनेता प्रकाश सपूतले पहिलो पटक एक म्यूजिक भिडियोमा सहकार्य गरेका छन् । अब फिल्ममा चाहिँ कहिले सहकार्य होला ?